गोर्खाल्यान्ड आन्दोलनका कारण धमाधम दार्जीलिङ छाड्दै विद्यार्थी - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

गोर्खाल्यान्ड आन्दोलनका कारण धमाधम दार्जीलिङ छाड्दै विद्यार्थी



काडमाडौ, ८ असार ।

गोर्खाल्यान्ड माग गर्दै भारत पश्चिम बंगालको दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसिरहेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ ।

बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ ।

मोर्चाका सचिव विनय तामाङका अनुसार विद्यालयका सवारीसाधनले शुक्रबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्यार्थीलाई गन्तव्यमा पुर्याउनु पर्नेछ ।

उहाँले विद्यालयले अन्य सवारीसाधन प्रयोग गर्न नपाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘छुट्टै राज्य गोर्खाल्यान्ड नहुन्जेल आन्दोलन जारी रहने भएकाले हामीले यहाँ रहेका विद्यार्थीलाई घर जान सजिलो होस् भनेर २३ जुनका लागि विद्यार्थी बोक्न अनुमति दिएका हौं ।

भारत, नेपाल, भुटान लगायतका देशबाट दार्जीलिङ आएर पढने विद्यार्थीको संख्या ठूलो छ ।

यसपटक अचानक शुरु भएको बन्दले विद्यार्थी घर जान नपाई छात्रावासमै रहन बाध्य भएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।