बैतडीमा शिक्षक मृत फेला - Himal Post Himal Post
  • १७ माघ २०८२, शुक्रबार
  •      Fri Jan 30 2026
Logo

बैतडीमा शिक्षक मृत फेला



बैतडीको पाटन नगरपालिका-६, बजार नजिकै रहेको श्रीकृष्ण माविको छात्रबास पछाडि एक जना शिक्षक मृत फेला परेका छन् ।

श्रीकृष्ण मावि पाटन र पाटन बहुमुखी क्याम्पसमा शिक्षण गर्दै आएका ५५ वर्षीय धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बैतडीको सुर्नया गाउँपालिका-२, घरभई लामो समयदेखि पाटनमा शिक्षण गर्दै आएका बिष्ट श्रीकृष्ण माविको छात्रवास पछाडिको भिरालो ठाउँमा शनिबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनका वरिष्ठ प्रहरी नायब निरीक्षक गौरव सिंहले जानकारी दिए । विष्टको मृत्युको कारण खुल्न सकेको छैन ।