इम्बोस्ड नम्बर प्लेट प्रकरण: यातायात व्यवस्था विभागले माफी माग्यो - Himal Post Himal Post
  • १५ पुष २०८१, सोमबार
  •      Mon Dec 30 2024
Logo

इम्बोस्ड नम्बर प्लेट प्रकरण: यातायात व्यवस्था विभागले माफी माग्यो



इम्बोस्ड नम्बर प्लेट अनिवार्यबारे तीव्र आलोचना भएपछि यातायात व्यवस्था विभागले माफी मागेको छ।

यातायात व्यवस्था विभागले २०७८ मंसिर १ गतेदेखि दर्ता भएका नयाँ सवारी साधन, फागुन १ गतेदेखि नामसारी भएका सवारी साधन र २०७९ जेठ १ गतेबाट नवीकरण भएका सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको जनाएको छ ।

इम्बोस्ड नम्बर प्लेटका विषयमा जानकारी दिन मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले असार १ भित्रै जडान गरिसक्नुपर्ने इम्बोस्ड नम्बर प्लेट सबै सवारी साधनलाई अनिवार्य नभएको जानकारी दिए ।

तत्कालै एकैपटक २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट राख्न असम्भव रहेको भन्दै उनले पूर्वाधार विस्तारको काम भइरहेको बताए । पूर्वाधार तयार भएका बागमती र गण्डकी प्रदेशमा सबै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको सूचना सही नभएको उनको भनाइ छ ।

उनले इम्बोस्ड नम्बर प्लेट दुई सय मिटरको दुरीमा समेत देखिने दाबी गरे । विभागले संसदले कानुन कार्यान्वयनका लागि मात्रै इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई अघि बढाइएको भन्दै यसमा विभागको कुनै नीति उदेश्य नरहेको उनले बताए ।

त्यस्तै विभागले इम्बोस्ड नम्बर प्लेटका बारेमा अनावश्यक भ्रममा नपर्न समेत आह्वान गरेको छ ।