बञ्चरेडाँडा तनावग्रस्त - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

बञ्चरेडाँडा तनावग्रस्त



काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर विसर्जनका लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले रोकेपछि प्रहरीले बल प्रयोग गरेको छ। प्रहरीले संघर्ष समितिका संयोजकसहित १४ जनालाई नियन्त्रणमा लिएको छ।

नुवाकोट प्रहरीका अनुसार अवरोध गर्नेहरुलाई नियन्त्रणमा लिएपछि अवरोध क्लियर भएको छ र फोहोर व्यवस्थापन पनि सुरू भएको छ। सोमबार सम्बन्धित स्थानीय तहसमेतको सहमतिमा आजबाट फोहोर उठाउन थालिएको थियो। सोही सहमतिअनुसार बञ्चरेडाँडामा फोहोर पठाइएको थियो।

सहमतिबारे आफूहरूलाई थाहा नभएको, काठमाडौंमै बसेर कुरा मिलाइएको भन्दै स्थानीयले फोहोरको गाडी अवरोध गरेका हुन्।