एकीकृत समाजवादीले ७ नेतालाई दियो विशेष जिम्मेवारी - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

एकीकृत समाजवादीले ७ नेतालाई दियो विशेष जिम्मेवारी



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा गर्न ७ जना नेतालाई जिम्मेवारी तोकेको छ । पार्टीको शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले निर्वाचनमा पार्टी र गठबन्धनको भूमिका सम्बन्धमा समीक्षा गरी प्रतिवेदन तयार गर्न सात नेतालाई जिम्मेवारी ताेकेकाे हाे ।

प्रदेश १ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधार, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प्रदेशमा विजयी पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा बेदुराम भुसालले जिम्मेवारी पाएका छन् ।

उनीहरुले निर्वाचनमा पार्टी र गठबन्धनको भूमिकाको सम्बन्धमा यथार्थपरक सूचनाहरु मातहत कमिटीबाट संकलन गरी तथ्यसंगत र यार्थपरक विश्लेषणसहित समीक्षाा प्रतिवेदन तयार गरी स्थानीय कमिटी बैठकमा पेश गर्ने जिम्मेवारी पाएका छन् ।