अब बृद्धभत्ता लिन ७० वर्ष कुर्नु नपर्ने - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

अब बृद्धभत्ता लिन ७० वर्ष कुर्नु नपर्ने



ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता अब ६८ वर्षमै पाउने भएका छन्।

आगामी आर्थिक वर्षको बजेटले सामाजिक सुरक्षा भत्ता ६८ वर्षमै उपलब्ध गराउने उल्लेख गरेको हो। यसअघि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए।

बजेटले सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्ने लाभग्राहीलाई सरकारद्वारा सम्मान गरिने पनि उल्लेख गरेको छ। बजेटले सामाजिक सुरक्षाको रकम भने यथावत् राखेको छ।

अहिले ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ताका रूपमा मासिक रु.चार हजार पाउने गरेका छन्।