एमालेले फेरि सुरू गर्‍यो संसद अवरोध - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

एमालेले फेरि सुरू गर्‍यो संसद अवरोध



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको वैठकमा अवरोध गरेको छ।

पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा बिहीबारको बैठकमा टिप्पणीमा जवाफ दिने क्रममा उद्योग वाणिज्यमन्त्री दिलेन्द्र बडुले आलोचनात्मक टिप्पणी गरेपछि एमालेले सांसद्‌हरुले बैठकमा अवरोध गरेका हुन्।

मन्त्री बडूले सम्बोधन गरिरहँदा एमाले सांसद्‌हरुले सुरुमा नियमापत्ति गरेका थिए । एमाले सांसद खगराज अधिकारीले शुरुमा आपत्ति जनाएका थिए ।

अधिकारीले उठेर विरोध गरेपछि सभामुख अग्नि सापकोटाले समय दिएका थिए। लगत्तै जवाफ दिनेक्रममा बडूले निरन्तर ओलीमाथि आलोचनात्मक टिप्पणी गरेपछि एमाले सांसदहरु उठेका थिए।

प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख विपक्षी दलका नेतामाथि भएको टिप्पणी गलत भएकाले रेकर्डवाट हटाउन माग गरे।