म विजय भएको होइन, कामको सुरुआत मात्रै गरेको हो: बालेन शाह - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

म विजय भएको होइन, कामको सुरुआत मात्रै गरेको हो: बालेन शाह



काठमाडौं- काठमाडौं महनागरपालिकाका नवनिर्वाचित प्रमुख वालेन्द्र साहले स्थानीय तहमा आफ्नो जितलाई विजय नभएर कामको सुरुवातको रुपमा लिएको बताएका छन्।

आज काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले उक्त कुरा बताएका हुन्।

उनले भने ‘आजबाट यसलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएका छौं। हामी अबका दिनमा भिजन, एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्नेछौं।’

काठमाडौं महानगरपालिकाकाका मतदातालाई उनले परिवारका रुपमा लिएको र काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए।

स्वतन्त्रबाट उम्मेदवारी दिएका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन्। साहले ६१ हजार ७६७ मत ल्याएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन्। स्थापितले ३८ हजार ११७ मत ल्याए। साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन्।

उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोलले ६८ हजार ६ सय १२ मत पाइन्। उनी भने घोषणा कार्यक्रममा उपस्थित भइनन्।