रेनु दाहाललाई विजय सुवेदीले खादा ओढाएर दिए बधाई - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

रेनु दाहाललाई विजय सुवेदीले खादा ओढाएर दिए बधाई



भरतपुर महानगरपालिकाको मेयरमा विजयी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई पराजित भएका एमाले नेता विजय सुवेदीले खादा ओढाएर बधाई दिएका छन् ।

मंगलबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार रेनु १२ हजार भन्दा धेरै मतान्तरसहित मेयरमा दोस्रोपटक विजयी भएकी छन् । विजयी भएकी रेनुलाई सुवेदीले खादा ओढाएर बधाई दिँदै हार्दिकता देखाएका हुन् ।

रेनुले ५२ हजार ३० मत पाउँदा सुवेदीले ३९ हजार ५८१ मत मात्रै पाएका छन् । गठबन्धनप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत पाए ।

उपमेयरमा निर्वाचित कांग्रेसका चित्रसेन अधिकारीको मतान्तर अझ फराकिलो छ । उनले एमालेको सहयोगमा मैदान उत्रेकी राप्रपाकी हिमला गुरुङलाई २२ हजार १ सय ९१ मतले पाखा लगाए ।

अधिकारी ५२ हजार ८ सय ३ मतसहित विजयी हुँदा गुरुङले ३० हजार ६१२ मत मात्रै पाइन् । सत्ता गठबन्धनमा भगवण्डा गर्दा भरतपुरमा माओवादीले मेयर र कांग्रेसले उपमेयर भाग पाएको थियो ।