कांग्रेसका महामन्त्री शर्मालाई आफ्नै गृहनगरबाट झट्का - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

कांग्रेसका महामन्त्री शर्मालाई आफ्नै गृहनगरबाट झट्का



नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई आफ्नै गृहनगरबाट झट्का लागेको छ । उनको गृहनगर झापाको मेचीनगरमा नेकपा एमाले विजयी भएको छ । मेयर र उपमेयर दुवै पदमा एमाले विजयी भएको हो ।

मेयरमा एमालेका गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मतसहित निर्वाचित भए । उनीसँग कांग्रेसका इन्द्रबहादुर बुढाथोकी २१ हजार ३११ मत पाएर हारे ।

उपमेयरमा पनि एमालेकै मीनाकुमारी पोखरेल निर्वाचित भइन् । उनी २१ हजार ५९० मत ल्याएर विजयी हुँदा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका प्रकाश भण्डारी १२ हजार ८१८ मत पाएर हारे ।