ओलीको गृहनगरमै राप्रपा विजयी - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

ओलीको गृहनगरमै राप्रपा विजयी



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ।
तर निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गरिसकेको छैन।

एमाले उम्मेदवार गीता अधिकारीलाई पराजित गर्दै दमक नगरपालिकाको मेयरमा राप्रपाका राम थापा विजयी भएका हुन्। थापा कांग्रेस-माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदान थिए।

दमकमा कांग्रेस, राप्रपासहितका दलले गठबन्धन गरेर चुनाव लडेका थिए। एमाले एक्लै प्रतिस्पर्धामा थियो।

उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसकी रेगिना भट्टराई विजय नजिक छिन्।

अघिल्लो चुनावमा दमक नगरपालिकाको मेयरमा एमालेका रोमनाथ ओली निर्वाचित भएका थिए।