एमालेले हारेपछि योगेश भट्टराईले भने: चुनावमा धाँधली भयो - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

एमालेले हारेपछि योगेश भट्टराईले भने: चुनावमा धाँधली भयो



नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेको विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन्। एमालेले चुनावमा धाँधली गरेको आरोप लगाइरहेका बेला भट्टराईले अनि राज्यसत्ताको दुरुपयोग गरेर धाँधली गरेको बताएका छन् ।

बिहीवार प्रतिनिधिसभा बैठकका लागि संसद भवन पुगेका भट्टराईले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको उनले बताए। उम्मेदवार छनौटमा कमजोरी भएकाले पार्टी पराजित भएको भन्दै उनले कतिपय ठाउँहरुमा विरोधीहरुलाई जिताउनसमेत साँठगाँठ भएको बताए।

‘यसपटकको निर्वाचन हेर्दाखेरी मुलतः नेकपा एमालेको विरुद्धमा जुन गठबन्धन बनाइयो, एक। दुई, राज्यसत्तालाई जसरी एमालेका विरुद्ध दुरुपयोग गरियो पुलिस प्रशासन, कर्मचारीतन्त्रदेखि लिएर अन्य विभिन्न निकायहरुलाई। यो परिस्थितिमा नेकपा एमालेले जुन परिणाम ल्याएको छ यो कुनै निराशाजनक परिणाम होइन,’ उनले भने।