माधव नेपालका ज्वाईंदेखि जसपाका नेतासम्म राजदूत सिफारिस
काठमाडाैँ – सरकारले २० मुलुकमा राजदूत सिफारिस गरेको छ ।
परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेर राजदूत सिफारिसको निर्णय गराएका हुन् ।
परराष्ट्र सेवाबाट ८ जना र राजनीति दलका कोटाबाट १२ जना राजदूत सिफारिश भएका छन् ।
राजनीतिक काेटाबाट सिफारिस भएका राजदूतमा नवराज सुवेदी, डा.रामस्वार्थ राय यादव, नरेश विक्रम ढकाल,ज्योति प्याकुरेल, कान्ता रिजाल, डिल्लीराज पौडेल, कैलाश पोखरेल, मिलन तुलाधर (रुस), शर्मिला पराजुल ढकाल,वासुदेव मिश्र, दानबहादुर तामाङ र विष्णुपुकार श्रेष्ठ रहेका छन् ।
राजनीतिक कोटाबाट अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएका पोखरेल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका बहिनी-ज्वाईं हुन् । त्यस्तै राजनीतिक कोटाबाटै साउदीका लागि राजदूतमा सिफारिस भएका सुवेदी भने जसपा नेपालका नेता हुन् ।
सरकारले सिफारिस गरेका नामको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।