कुरा नसुनी ओली पोखरातिर लागेपछि देउवाले प्रचण्डलाई बालुवाटार बोलाए - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

कुरा नसुनी ओली पोखरातिर लागेपछि देउवाले प्रचण्डलाई बालुवाटार बोलाए



प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार बोलाएका छन्। 

बिहीबार दुई पटकसम्म प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग वार्ता गरेका देउवाले एमसीसीबारे निर्णायक छलफलका लागि बोलाएका बालुवाटार स्रोतले जनाएको छ। 

यसअघि खुमलटारमा माओवादी केन्द्र केन्द्रीय सचिवालयको बैठक बसेको थियो। उक्त बैठकले एमसीसीबारे पुरानै सैद्धान्तिक अडानमा कायम रहेर गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने निर्णय लिएको थियो।

बिहीबार संसद बैठक स्थगित भएपछि एमाले र कांग्रेसको शीर्ष नेतृत्वबीच दुई पटक वार्ता भएको थियो।

संसद भवनमै एमाले नेतृत्व र माओवादी नेतृत्वबीच पनि संवाद भएको थियो। तर तीनै दलबीचका फरक फरक संवादले ठोस सहमति गर्न सकेको थिए।

एमाले र कांग्रेसबीच बालुवाटारमा बिहीबार साँझ भएको वार्तामा सैद्धान्तिक सहमति भएको बताइए पनि त्यसबारे ठोस निर्णय भइसकेको छैन।