ओलीसँग छलफल भएपछि प्रचण्डको मुहारमा खुसीयाली, सचिवालय भन्छ - संवादको शुरुवात भयो - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

ओलीसँग छलफल भएपछि प्रचण्डको मुहारमा खुसीयाली, सचिवालय भन्छ – संवादको शुरुवात भयो



नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूको छलफल सकिएको छ ।

बिहीबार संसद् भवनस्थित एमालेका अध्यक्ष ओलीको कार्यकक्षमा भएको छलफलमा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ तथा माओवादीबाट प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङ सहभागी थिए ।

छलफलबारे प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रतिपक्ष र सत्तापक्षीबच सम्वादको सुरुवात भएको बताएका छन् । 

एमाले र माओवादीका शीर्ष नेताहरूको भेटघाट हुनुअघि ओलीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरेका थिए ।