तनहुँ प्रहरीको सम्पर्कमा पुगे पल शाह - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

तनहुँ प्रहरीको सम्पर्कमा पुगे पल शाह



काठमाडौं, १२ फागुन । प्रहरीको खोजीमा रहेका नायक पल शाह तनहुँ प्रहरीको सम्पर्कमा पुगेका छन् । हिजोमात्रै शाहविरुद्ध एक गायिकाले तनहुँ प्रहरीमा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिईन् ।

सो जाहेरी दर्ता भएसँगै शाह प्रहरीको खोजीमा थिए । ती गायिकाले शाहले आफूलाई विगत २ वर्षदेखि पटक पटक जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन् ।

शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ। १७ वर्षीया ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जोहरी दर्ता गरेकी हुन् ।

प्रहरीले शाहलाई खोजिरहेको र शाह भागिरहेको भन्ने चर्चा चलिरहेको छ । तर, शाह भने सुटुक्क आज तनहुँ प्रहरीको सम्पर्कमा पुगेका छन् । शाहले ती गायिकालाई विवाह गर्नेगरि सहमति जनाउने तयारी गरेका छन् ।