एमाले र कांग्रेस देखाएर प्रचण्ड हाबी हुने प्रयास गरे - विष्णु रिमाल - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

एमाले र कांग्रेस देखाएर प्रचण्ड हाबी हुने प्रयास गरे – विष्णु रिमाल



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमालेलाई देखाएर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आपसमा हाबी हुन खोजेको आरोप लगाएका छन् ।

एमसीसीको मामलामा सत्तारुढ दुई दलले एमालेलाई देखाएर हाबी हुन खोजेको उनको भनाइ छ ।

सत्तागठबन्धन ‘घ्यू बेचुवा र तरबार बेचुवा’ जस्ता भएको टिप्पणी गर्दै उनले एमाले सचेत हुनपर्ने बताएका छन् । ‘गठबन्धन’वालाहरू घ्यू बेचुवा र तरवार बेचुवा’ जस्ता ! प्रमको दल र सभामुखको दल दुवै एमालेलाई देखाएर एक–अर्कामाथि हाबी हुने दाउमा छन्’, उनले भनेका छन्, ‘क्याबिनेटमा सुरक्षा टाईट गर्ने निर्णय गर्ने, सडकमा हिंसात्मक विरोधमा कार्यकर्तालाई उकास्ने !’

सत्तागठबन्धन कपटपूर्ण ढंगमा अघि बढेको पनि उनको बुझाइ छ । भन्छन्– हाउस’मा दलको जानकारी बेगर ‘सिखण्डी’ खडा गरेर ‘बहस पनि यसैगरी, निर्णय पनि यसैगरी’ हुने भन्दै कपटपूर्ण अभ्यासमा ‘गठबन्धन’ छ ।