गठबन्धन के हुन्छ, त्यही बेला थाहा हुन्छ – गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा एमसीसी टेबल भएपछि गठबन्धनको भविष्यबारे आफू चिन्तित नरहेको बताएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले संसदमा एमसीसी गएकाले त्यहीं छलफल हुने बताए ।
गठबन्धनको भविष्यबारे सोधिएको प्रश्नमा उनले भने, ‘गठबन्धनबारे एमसीसी पास या फेल जतिबेला हुन्छ, त्यतिबेलै थाहा हुन्छ ।’
उनले एमसीसीबारे राम्रो छलफल गर्ने र यही बाटो समातेर मतदानमा जानुपर्ने बताए ।