प्रचण्ड-माधवले झुक्याएर सिंदुर हाले - ओली - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

प्रचण्ड-माधवले झुक्याएर सिंदुर हाले – ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  कांग्रेस, माओवादी र माधवकुमार नेपालहरूको पार्टी त्यागेर एमालेमा फर्किन जनतालाई आग्रह गरेका छन्।

‘पहिले पूर्वतिर मेला लाग्थ्यो, उरन्ठ्याउला केटा हुल बाँधेर जान्थे। सिन्दुर लुकाएर, जुम्सो जस्तो भएर जाने। राम्री केटी देखेपछि टाउकोमा सिन्धुर फालेर गुटुटु भाग्ने। के भो भन्दाभन्दै सिन्दुर फाल्यो कसले फाल्यो फाल्यो,’ ओलीले भने, ‘कहाँ कसले सिन्दुर हाल्यो खोजेर चेली जिम्मा लगाउनुपर्थ्यो, यहाँ पनि त्यस्तै कहिले माकुनेले सिन्दुर हाल्देको छ। कहिले माओवादीले। कहिले कांग्रेसले छ्यास्स हालिदिएको छ,’ शनिबार भक्तपुर नगर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै उनले भने। 

संसारमा कहीँ नभएको संसदबाट नसकेरर अदालतमा मुद्दा हालेर जितेर सरकार ल्याइएको आरोप ओलीले लगाए।

‘बाजागाजासहित जन्ती निस्कियो सर्वोच्च अदालतबाट, के भएछ भनेको छ, सरकार लिएर आएछ,’ उनले भने, ‘यस्तो गजब नेपालमा हुन्छ। नेपालमा लोकतन्त्र छ चुनाव हुन्छ। अदालत सदालत केहीको लाग्दैन। अब जनअदालतले फैसला गर्छ।  माओवादीले हामी चार जना राखेर जनअदालत भन्थ्यो। हामी तीन करोड जनता राखेर भन्छौं।’