बुधवारको कार्यसूचीमा राखिएन एमसीसी, देउवा रुष्ट - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

बुधवारको कार्यसूचीमा राखिएन एमसीसी, देउवा रुष्ट



बुधबार बस्ने प्रतिनिसभाको सम्भावित कार्यसूचीमा एमसिसी परेको छैन।

संसद सचिवालयले केहीबेर अघि निकालेको सम्भावित कार्यसूचीमा एमसिसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने कार्यसूचीमा राखिएको छैन।

तर सरकार र दलहरु बुधबारको बैठमा एमसिसी टेबल गर्ने पक्षमा रहेका छन्।

सोमबार सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा एमसिसी पेश गर्ने मोटामोटी सहमति जुटेको थियो।

त्यस्तै मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसिसी बुधबारकै बैठकमा टेबल गर्ने र पारित गर्ने निर्णय गरेको छ।

संभावित कार्यसूचीमा शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८ पेश गर्ने रहेको छ।

त्यस्तै तीनवटा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि तय भएको महासचिव भरतराज गौतमले जानकारी दिए।

यद्यपि बुधबार बिहान कार्यसूची परिमार्जित गरी एमसिसीलाई संसदमा भित्र्याउने बाटो खुला नै छ।