प्रचण्ड र नेपाललाई ओलीको चेतावनी : भाग्ने ठाउँ खोजेर राखे हुन्छ !
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको निर्वाचनमा आफ्नै पार्टीले बहुमत ल्याउने बताएका छन् ।
शुक्रवार स्थानीय तहको चुनावी तयारीका सम्बन्धमा नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा ओलीले आगामी तीनै तहको चुनाव आफूहरूले जित्ने दाबी पेश गरे ।
उनले सत्ता गठबन्धन मिलेरै चुनाव लडेपनि एमालेकै बहुमत आउने बताए । अन्य दललाई भागेर जाने ठाउँ सुरक्षित गर्नसमेत ओलीले चेतावनी दिएका थिए ।
‘२०७४ सालमा तीन चरणमा स्थानीय चुनावको बेला पनि सत्ता गठबन्धनसँग एक्लै लडेर ४१ प्रतिशत विजय हासिल गरेका थियौं । आउँदो निर्वाचनमा बहुमत ल्याउँछौँ,’ ओलीले भने, ‘भाग्ने भए ठाउँ खोजे हुन्छ ।