५ करोड जम्मा भएको एसएमएस आयो, खुसी हुँदै खाता हेर्दा भएको १ लाख पनि गायब
भारत उत्तर प्रदेशका बाराबंकीमा एक छात्र त्यसबेला हैरान भए जब उनको खातामा अचानक ५ करोड ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आयो ।
सेन्ट्रल एकेडेमीमा इन्टर लेभलमा पढिररहेका केशव शर्माको एकाउन्ट स्टेट बैंक अफ इन्डियाको सट्टी बजार शाखामा रहेको छ ।
केशवका पिता नरेन्द्र शर्मालाई १६ मार्चका दिन मोबाइलमा अचानक बैंकबाट एक एसएमएस आयो । यसबाट पत्ता लाग्यो कि उनको छोरोको बैंक खातामा अचानक ५ करोड ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आएको थियो । यति धेरै रकम देखेर उनीहरु हैरान भए ।
उनको खातामा त्यसअघि जम्मा १ लाख २७ हजार मात्र रहेको थियो ।
रकम आएको केही घण्टापछि चेक गर्दा भने एकाउन्टमा एक रुपैयाँ पनि थिएन । आफ्नो खातामा पहिला देखिनै जम्मा भएको एक लाख २७ हजार समेत गायव भएको छ । अहिले उनको खातामा जिरो व्यालेन्स देखाउँछ ।
त्यसपछि उनी बैंकमा गए ।
वैंकले भने उनको पैसा फिर्ता आउने तर केही अनुसन्धानको लागि हाल खाता फ्रिज गरिएको जनाएको छ ।