'नेपाली समाज मकाउ'को आयोजनामा २५६१औं बुद्ध जयन्ति भव्यताका साथ सम्पन्न - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

‘नेपाली समाज मकाउ’को आयोजनामा २५६१औं बुद्ध जयन्ति भव्यताका साथ सम्पन्न



कर्ण बहादुर अधिकारी\ बैसाख २७ चीन  

 

चिनको मकाउमा रहेका नेपालीहरुले २५६१ औं बुद्ध जयन्ती भव्यरुपमा मनाएका छन् । नेपाली समाज मकाउको आयोजनामा बुधबार बिबिध कार्यक्रम गरी २५६१ औं बुद्ध जयन्ती मनाईएको हो ।

बिहान १० बजे आयोजना गरेको भगवान गौतम बुद्धको २५६१औं जन्म जयन्ति कार्यक्रममा मकाउमा रहेका बिभिन्न संघ संस्थाहरू गैर आबासीय नेपाली संघ मकाउ,तमु समाज मकाउ,किराँत राई यायोख्या मकाउ,मकाउ तामाङ् घेदुङ, किराँत याक्थुम चुम्लुङ र नेपाली जनसम्पर्क समिति मकाउका प्रतिनिधिहरूका बीच मकाउ पाकपचौं स्थित भगबान गौतम बुद्धको मन्दिरमा उपस्थिति जनाई शान्तिका दुत भगवान गौतम बुद्धको माहान वाणीहरू र उहाँले मानव जीवनमा रहेर पनि मानव हितका लागि पुराउनु भएको योगदानलाई स्मरण गर्दै जन्म भूमि नेपालमा जन्मिनु भएको भगवान बुद्धको मन्दिरमा पुजा अर्चना गरी मनाएको थियो।

 

उक्त कार्यक्रम बिगतका बर्षहरूमा मनाउँदै आएकोमा यस बर्ष पनि नेपाली समाज मकाउले निरन्तरता दिएको हो। बिदेशी भूमिमा रहेर पनि आफ्नो रीति रीवाज र परम्परालाई मान्दै अगाडी बढ्नु र बढाउनु नै माहान कार्य हो।उक्त कार्यक्रममा नेपाली समाज मकाउका अध्यक्ष एवं तामाङ घेदुङका अध्यक्ष दोर्जे तामाङ,नेपाली समाज मकाउका उपाध्यक्ष यूवराज न्यौपाने,महासचिव कर्ण बहादुर अधिकारी सचिव सहदेव अधिकारी,सल्लाहकार राजकपुर थपलिया,तमु समाजका हरी प्रसाद गुरूङ्,समाजका सदस्य उत्तम प्याकुरेल, चुम्लुङ याक्थुमका अध्यक्ष अमारीका लिम्वु,मकाउ तामाङ घेदुङका कल बहादुर तामाङ,डिका लामा, लगाएतका मकाउमा कार्यरत रहेका नेपालीहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा नेपाली समाज मकाउका अध्यक्ष एवं मकाउ तामाङ घेदुङका अध्यक्ष दोर्जे तामाङले आउँदा बर्षहरूमा पनि यसरी नै नेपालीहरू एक आपसमा जम्मा भई गौतम बुद्धको जन्म जयन्ति मनाउने कुराको प्रतिबद्धता गर्नु भएको थियो।