ओली फेरि पनि संसद् विघटन गर्ने पक्षमा छन्: प्रचण्ड - Himal Post Himal Post
  • १९ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 3 2025
Logo

ओली फेरि पनि संसद् विघटन गर्ने पक्षमा छन्: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले तेस्रो पटक संसद विघटनको प्रयास गरिरहेको आरोप लगाएका छन् ।

राजधानीमा सम्पादकहरुसँगको अन्तरक्रियाका क्रममा अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

अहिले संसदको प्रमुख प्रतिपक्षी दल एमालेले तेस्रो पटक संसद विघटन गर्न खोजिरहेको उल्लेख गर्दै प्रचण्डले कुनै पनि हालतमा विघटन हुन नदिने बताए ।

उनले भने- एमाले अध्यक्ष ओलीले तेस्रो पटक संसद विघटन गर्न खोजिरहेका छन् । पहिलो पटकको विघटन सडकबाट बदर गर्‍यौँ । दोस्रो पटकको विघटन अदालतबाट बदर गर्‍यौँ । तेस्रो पटक पनि प्रयास भइरहेको छ । हामी हुन दिन्नौँ ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकमा नआएपनि उनलाइ भनाउन बालकाेट नै जान आफूले देउवालाई भनेकाे बताए । ले

उनले भने – ओली सर्वदलीय बैठकमा आउँदैनन् । बरु प्रधानमन्त्रीलाई तपाई र म बालकोट जाम भनेर मैले प्रधानमन्त्रीलाई भनेकाे छु । मैले एमसीसीका बारेमा सबै पार्टीसँग छलफलल हुनुपर्छ भनेर बैठक गर्दा पनि ओली आउँदैनन् । उनी तेस्रो पटक संसद विघटन गराउन चाहान्छन् ।