गगन र विश्वप्रकाश जीत नजिक
काठमाडौँ – नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् । हालसम्म एक हजार ४९५ मतगणना भएको छ ।
कांग्रेस निर्वाचन समितिका अनुसार ९५५ मत ल्याएर थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्माले ६६० मत ल्याएर पछ्याएका छन् । यस्तै प्रकाश शरण महत ४९१, प्रदिप पौडेल ४४९, मिनेन्द्र रिजाल २७५ र राजाराम कार्कीले ४६ मत पाए ।