पहिलो चरणको निर्वाचनमा १ हजार ४९८ जनाले उम्मेदवारी फिर्ता लिए - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

पहिलो चरणको निर्वाचनमा १ हजार ४९८ जनाले उम्मेदवारी फिर्ता लिए



वैशाख, २२ काठमाडौँ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेकाहरु मध्यबाट ठुलो संख्यामा उमेद्वारी फिर्ता लिएका छन् । बिभिन्न कारणहरु देखाउँदै १ हजार ४९८ जना उमेद्वारले जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

१३ हजार ५६५ पदका लागि हुने पहिलो चरणको निर्वाचनमा निर्वाचनमा ४९ हजार २०७ जनाको उम्मेवारी परेको थियो जसमध्य काठमाडौमा ५४, ललितपुरका ३५, भक्तपुरमा ३२, नुवाकोटमा ७२, सिन्धुपाल्चोकमा ४५, रामेछापमा ३३ , काभ्रे २६, धादिङमा ५७, रसुवामा २७, सिन्धुलीमा १६, दोलखामा ४७, मकवानपुरमा ३६, चितवनमा ३०, कास्कीमा ३०, मनाङमा १६, स्याङजामा ५९, गोरखामा ३२, लमजुङमा ५६, तनहुँमा ४५, नवलपरासीमा ५५, बागलुङमा ९३, पर्वतमाा ४०, म्याग्दीमा २६, मुस्ताङमा १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यस्तै सल्यानमा २५, रुकुममा ५६, सुर्खेतमा ३९, दैलेखमा ६६, जाजरकोटमा २४, कालीकोटमा १२३, मुगुमा ३०, डोल्पामा ३४, जुम्लामा ६६, हुम्लामा ६१ जनाले नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणको निर्वाचनमा उम्मेदवारी दिनेहरुलाई निर्वाचन आयोगले बिहीबार १० बजेसम्म नाम फिर्ता लिने समय सीमा तोकेको थियो ।