कारोबार रकम बढ्दा पनि सेयरबजार चौपट - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

कारोबार रकम बढ्दा पनि सेयरबजार चौपट



काठमाडौँ– दसैँको बिदापछि कारोबार सुरु भएको दोस्रो दिन सोमबार सेयर बजार ओरालो लागेको छ।

आज सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ। सेयर बजार आज ६९.५१ अंकले ओरालो लागेर नेप्से परिसूचक २ हजार ५ सय ८७.४५ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। २.६२ प्रतिशतले घटेर नेप्से परिसूचक २ हजार ५ सय ८७.४५ विन्दुमा पुगेको हो।

आइतबार १७.५९ अंकले बढेको सेयर बजार सोमबार ओरालो लागेको हो।

आज ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता सयेर २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँमा कारोबार भएको छ।

सेयर बजार घटे पनि आइतबारको तुलनामा आज कारोबार रकम भने बढेको छ। हिजो १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३ सय ७१ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज ट्रेडिङ बाहेक अन्य समूह घटेका छन्। ट्रेडिङ उप–समूह ०.६३ प्रतिशतले बढेको छ। आज सबैभन्दा धेरै फाइनान्स उप–समूह ४.२६ प्रतिशतले घटेको छ।