नेपालको पर्यटन विकासका लागि सहकार्य गर्न यूएनडब्लूटीओ सकारात्मक - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

नेपालको पर्यटन विकासका लागि सहकार्य गर्न यूएनडब्लूटीओ सकारात्मक



काठमाडौं । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) नेपालको पर्यटन विकासका लागि सहकार्य गर्न सकारात्मक देखिएको छ ।

माल्दिभ्समा आयोजित (यूएनडब्लूटीओ) एसिया प्यासिफिक क्षेत्रको पर्यटन नीति र रणनीति विषयक तालिम कार्यक्रमका अवसरमा भएका अन्तरक्रिया तथा द्विपक्षीय छलफलका क्रममा (यूएनडब्लूटीओ) नेपालको पर्यटन प्रर्वद्धनका लागि सकारात्मक देखिएको हो ।

अक्टुबर ५ देखि ८ सम्म (असोज १९देखि २२ सम्म ) माल्दिभ्समा आयोजित कार्यक्रममा (यूएनडब्लूटीओ) का महासचिव जुराब पोलोलिकास्भिल्ली र (यूएनडब्लूटीओ) का क्षेत्रीय निर्देशक ह्यारी ह्वाङसंग नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीसँगको भेटमा महासचिव जुराब र क्षेत्रीय निर्देशक ह्यारीले सो धारणा राखेका हुन् ।

महासचिव जुरावसँगको भेटमा कोभिडपछिको अवस्थामा पर्यटन पुरुरोत्थानका लागि (यूएनडब्लूटीओ) सँगको सहकार्य,दिगो पर्यटन विकास, प्राकृतिक तथा पर्वतीय पर्यटन विकास र संस्थागत क्षमता अभिवृद्धि लगायतका विषयमा छलफल भएको र यसमा सहयोग गर्न उनीहरू इच्छुक रहेको डा. रेग्मीले बताए ।

रेग्मीकाअनुसार नेपालको पर्यटन प्रर्वद्धनका लागि (यूएनडब्लूटीओ) सकारात्मक रहेको छ । ‘यूएनडब्लूटीओबाट विभिन्न देशहरूमा धेरै खालका सहयोग भइरहको छन् ।