४ असोजबाट काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाइने, यस्तो छ तालिका - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

४ असोजबाट काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाइने, यस्तो छ तालिका



काठमाडौं- काठमाडौंका सबै स्थानीय तहमा ४ असोजबाट कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले शुक्रबार सूचना जारी गरी काठमाडौंका ११ वटै स्थानीय तहमा भेरोसेलको दोस्रो डोज लगाइने जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार, तीन दिन खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जनाएका छन्। भेरोसेलको दोस्रो डोज लगाउन स्थानीय तहका वडामा खोप केन्द्र तोकिएको छ।

यससँगै काठमाडौं महानगरपालिकामा महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, महाराजगञ्जस्थित शिक्षण अस्पताल, बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह एवं स्त्रीरोग अस्पताल र छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ।