देउवाले ओली भेट्न फेरि पठाए दूत: के पाक्दैछ खिचडी ?
काठमाडौं- सरकार गह्तन गरेको दुई महिना बित्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको आरोप लागेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलिई भेट्न फेरि दूत खटाएको खुलेको छ । यसअघि पनि उनले ओलीलाई भेट्न विभिन्न नेताहरूलाई पठाएको समाचार सार्वजनिक भएका थिए ।
सत्ता गठबन्धनमा खटपट भएको खबर हल्लाबीच प्रधानमन्त्रीले एमाले अध्यक्षलाई भेट्न सरकारका प्रवक्ता समेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ओली निवास बालकोटमै पठाएका छन् । यसअघि एमसीसी उपाध्यक्ष नेपाल आउने पक्का भएपछि प्रधानमन्त्री देउवाले आफ्नो दूतका रुपमा कार्कीलाई बालकोट पठाएका थिए ।
देउवा सरकार बनेको दुई महिना पुगिसकेको छ भने अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै चर्को आलोचना देउवाले खेपिरहेका छन् । पछिल्लो एक महिनामा देउवाले दोस्रो पटक ओलीसँग भेटघाटका लागि आफ्नो दूतलाई बालकोट पठाएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले मनोमानी गरेको र एमालेमाथि पूर्वाग्रही व्यवहार गरेको भन्दै एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । एकातिर सत्तापक्ष र विपक्षको दूरी झनै बढेको छ भने एमसीसी लगायतका समस्याले सट्टा गठबन्धनभित्र नै असमझदारी पैदा भएको छ । यस्तो अवस्थामा ओलीलाई लागातर भेट्न पठाउने देउवाको कदमलाई अर्थपूर्ण मानिएको छ ।
सभामुखलाई विभिन्न आरोप लगाउंदै एमालेले लगातार संसद अवरोध गरेका कारण ४ असोजसम्म स्थगित छ । संसदको जारी अवरोध खुलाउने र गतिरोध अन्त्य गर्ने विषयमा सत्तापक्ष र विपक्षी दलमा छलफल हुन सकेको छैन । अर्कातिर सभामुख र विपक्षी दलको दुरी झनै बढ्ने देखिएको छ । प्रधानमन्त्री देउवाले कार्कीलाई ओलीसँग भेट गर्नका लागि बालकोट स्थित ओलीको निवासमै पठाएको विषयमा कांग्रेसका एक नेताले भने सदन खुलाउने प्रयासका रूपमा अर्थ्याए ।
उनका अनुसार एमालेको संसद अवरोधका कारण सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित हुन सकेको छैन । मुलुक बजेटबिहिनाताको अवास्स्थामा पुगेको छ । यिनै असमझदारी हटाउन प्रयास देउवाले गरिरहेका छन् । तर सत्ता गठबन्धनकै दलका कतिपय नेताहरू देउवाले निरन्तर दूत पठाउने कुरा र संसदको गतिरोध अन्युअको बिषयमा तालमेल नभएको बताउँछन् ।
सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित हुन नसकेपछि बिहिबारदेखि कर उठाउन पाइने तर खर्च गर्न नपाउने अवस्थामा मुलुक छ । जसककारण प्रधानमन्त्री देखि सवैको तलव भत्ता समेत रोक्का भएको छ ।