देउवामाथि अर्को संकट: पौडेल पक्षले वडा अधिवेशन बहिष्कार गर्ने - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

देउवामाथि अर्को संकट: पौडेल पक्षले वडा अधिवेशन बहिष्कार गर्ने



काठमाडौं- नेपाली कांग्रेसको जारी अधिवेशन रोमाञ्चक बन्दै गएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेलधुराको वडा अधिवेशन अस्वीकार गर्ने भएको छ ।

डडेलधुराको वडा अधिवेशन अस्वीकार गर्ने भएपछि सभापति देउवा झनै संकटमा पर्ने भएका छन् । औपचारिक रूपमा बहिष्कार गर्न पौडेल समूहले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

जिल्ला कार्यसमितिले अनियमिता भएको भन्दै प्रमाणसमेत सार्वजनिक गर्दागर्दै प्रहरी प्रशासनको बलमा अधिवेशन गराएको भन्दै पौडेल पक्षले अस्वीकार गर्ने तयारी गरेको हो ।

यसका लागि पौडेल पक्षले आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ भने दिउसो पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्न लागेको छ ।

गत २१ गते २१ जिल्लाको क्रियाशील विवाद कायम रहेकोमा डडेलधुराको क्रियाशील सदस्यता निर्वाचन समितिलाई बुझाइएको थियो ।

निर्वाचन समितिले २२ गते डडेलधुरामा अधिवेशनको प्रक्रिया सुरु गर्न लागेपछि डडेलधुरा सभापति कर्ण मल्लसहितको कार्यसमितिले प्रक्रिया पुर्याएर सिफारिस गरेका पाँचसय भन्दा बढी क्रियाशील काटिएको, कांग्रेसको विपक्षमा चुनाव लडेर कारवाहीमा परेकासहित तीनसय भन्दा बढि क्रियाशील सदस्य अनियमित रुपमा थपिएको भन्दै त्यो अनियमितताको छानविन नहुँदासम्म अधिवेशन स्थगित हुने भनेर निर्णय गरेका थिए ।

२३ गते वडा सभापतिहरुको भेला गराएर अधिवेशन अघि नबढाउने निर्णय गरे पनि निर्वाचन समितिले जिल्ला सभापतिलाई अधिवेशन रोक्ने अधिकार नभएको भन्दै होटलमा कार्यलय खोलेर अधिवेशनका प्रक्रिया अघि बढाएको थियो ।

जिल्ला कार्य समितिसहित १६ जना वडा सभापतिले अधिवेशन बहिस्कार गरे पनि २५ गते थालेर नियमित रुपमा वडा अधिवेशन अघि बढिरहेको जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताएका छन् ।