एआईजीहरूको सरुवा: विश्वराजलाई हटाएर प्रधुम्नलाई जिम्मा, को कहाँ ? - Himal Post Himal Post
  • १७ पुष २०८१, बुधबार
  •      Wed Jan 1 2025
Logo

एआईजीहरूको सरुवा: विश्वराजलाई हटाएर प्रधुम्नलाई जिम्मा, को कहाँ ?



काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बुथक डाकेर एआईजीहरूको सरुवा गर्ने निर्णय गराएका थिए ।

मन्त्रिपरिषद्को बैठकपछि यसबारे जानकारी नदिई निर्णय गोप्य राखिएको थियो । स्रोतका अनुसार बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिसमा एआईजीहरूको सरुवा गरेको जनाइएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार एआईजी हरि पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मै यथावत रहेका छन् । अपराध अनुसन्धान विभागमा रहेका एआईजी विश्वराज पोखरेललाई मानव स्रोत एवं प्रशासन विभागमा सरुवा गरिएको छ ।

विश्वराज पोखरेलको ठाउँमा एआईजी प्रधुम्न कार्कीलाई पठाइएको बताइएको छ । प्रधुम्न कार्कीको ठाउँमा निरज शाहीको सरुवा भएको छ । भर्खरै एआईजीमा बढुवा भएका सहकुल थापालाई कार्य विभाग प्रमुखका रुपमा पदस्थापन गरिएको छ ।

तात्कालीन केपी ओली सरकारले गरेका सरुवा रोकेर देउवा सरकारले उनीहरूको सरुवा गरेको हो ।