डा. संग्रौलाले उठाए भीम रावलको नैतिकतामाथि प्रश्न - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

डा. संग्रौलाले उठाए भीम रावलको नैतिकतामाथि प्रश्न



काठमाडौँ- एमालेका नेता भीम रावलको नैतिकतामाथि प्रश्न उठेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचकका रूपमा चिनिएका रावल अहिले ओलीसँगै विलिन भएसंगै उनको एमालेकै नेताहरूले नै नैतिकतामाथि प्रश्न उठाउन थालेका छन्।

पछिल्लो समय ओलीको चर्को आलोचकबाट कडा समर्थक बनेपछि उनको चरित्रमा समेत प्रश्न उठ्न थालेको छ । रावलले ओलीलाई राष्ट्रघाती करार गर्न सामाजिक संजाल रंग्याउने गरेका थिए भने अहिले माधव नेपाल समूहमाथि प्रश्न उठाउन थालेका छन्।

यस्तैमा वरिष्ठ अधिवक्ता डा.युबराज संग्रौलाले पनि भिम रावलले नैतिकतामाथि प्रश्न उठाएका छन्। उनले रावलले आफ्नो नैतिकताको परिभाषा बदल्नु पर्ने टिप्पणी गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा.संग्रौलाले पहिले गरेका हर्कत पनि सहि हुन् र अहिले गरेका समर्थन पनि सहि हुन् भन्ने प्रमाणित गर्नुपर्ने बताएका छन् । संग्रौलाले रावललाई अहिले पनि म ठिक मान्छे हुँ भन्नेहो भने नैतिकताको परिभाषा बदल्नुपर्ने बताएका छन्।

उनले लेखेका छन्, ‘जोसुकैलाई आफूलाइ मन लागेको दलमा बस्ने अधिकार छ । भिम रावललाई पनि छ । तर, ती पहिलाको कविता र गाली पनि सहि हुन र अहिले पनि ठिक मान्छे हुं भन्ने कुराचैं साँचिकै गजब छ । अहिल म ठिक भन्न पहिला गलत रहेछु नभन्ने हो भने नैतिकताको परिभाषा बदल्नु पर्छ।’