कारबाही फिर्ता लिन ओलीले राखे नयाँ सर्त

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी सहरमा ओलीले कारबाही फिर्ता गर्न नयाँ सर्त राखेका छन् । ओलीले १४ जना सांसदमाथि गरिएको कारबाही र १० बुँदे सहमति कार्यन्वयन गर्नला लागि वरिष्ठ नेता माधवकुमार नेपाल ब्याक हुनुपर्ने सर्त राखेका छन् ।
माधव नेपाल नयाँ पार्टी दर्ता गर्ने निर्णयबाट फिर्ता भए मात्र कारबाही फिर्ता गरे ओलीले बताएका छन्। सोमबार बिहान ओलीसंग छलफलका लागि पुगेका नेपाल समूह त्यागेर मध्यमाग्री बनेका नेताहरूसंग उनले यस्तो सर्त राखेका हुन ।
बिहानै ओली निवाद बालकोट पुगेका नेताहरूसँग छलफल गर्दै ओलीले नयाँ तरिकाले जान सकिने बताएका थिए । बालकोटमा भएको छलफलपछि अध्यक्ष ओलीले आफू नेपालसँग मिलेर जान तयार रहेको बताएका हुन्।
माधव नेपाल फिर्ता भएको खण्डमा जस्तोसुकै सहमति गर्न आफू तयार रहेको उनले बताएका थिए । पार्टी पनि केन्द्रदेखि तलसम्म २०७५ जेठ २ को अवस्थामा क्रियाशील गराउने बिषयमा पनि ओली सहमत भएको बताइएको छ ।
बैठकमा सहभागी नेता का अनुसार ओली १० बुँदे सहमति कार्यान्वयन गर्न तयार भएका छन्।
बैठकबाट बाहिरिएका नेता योगेष भट्टराईले भने, ‘हाम्रा पार्टी अध्यक्ष कमरेड १० बुँदे सहमति कार्यान्वयन गर्न तयार हुनु भएको छ। देशभरका एमाले कार्यकर्ता सबैलाई कोही पनि विभाजनको पक्षमा नजाऊँ भन्ने कुरामा हामी सहमत भएका छौँ, अध्यक्ष कमरेड र हामीबीच पुराना जिम्मेवारी कामय हुने गरी सहमति भएको छ। पार्टीमा कसैमाथि पक्षपात हुँदैन। अन्याय हुँदैन भन्ने सुनिश्चितता पार्टीले गर्छ। उत्तेजना र आवेशमा नआउन सबैलाई आग्रह गरेका छौँ।’

