ओलीको पत्र निर्वाचन आयोगद्वारा अस्विकार: पुरानै विवरण अनुसार सनाखत हुने - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

ओलीको पत्र निर्वाचन आयोगद्वारा अस्विकार: पुरानै विवरण अनुसार सनाखत हुने



काठमाडौं- नेकपा एमाले ओली समुहलाई निर्वाचन आयोगले अर्को झट्का दिएको छ । वरिष्ठ नेता माधव नेपालले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि निर्वाचन आयोगले पुरानै सूचीअनुसार सनाखत गर्ने भएको छ ।

नेपाल पक्षले नेकपा (एकीकृत समाजवादी) दर्ताको लागि दिएको निवेदनअनुसार निर्वाचन आयोगले भदौ ९ गते सनाखतका लागि केन्द्रीय सदस्यहरूलाई बोलाएको छ। तर आयोगले केन्द्रीय कमिटीको पुरानै सूचीअनुसार नयाँ पार्टीमा रहने सदस्यहरुको सनाखत गर्ने भएको छ
नेपाल समुहले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि एमाले अध्यक्ष ओलीले केन्द्रीय सदस्यको संख्या थप्न भन्दै पत्र पठाएका थिए ।

आयोगमा ५७ जना सदस्य थपेर ओलीले पत्र पठाएका थिए । तर, आयोगले भने पहिल्यै कायम रहेका २०३ जना केन्द्रीय सदस्यको सूची अनुसार विभाजित दलमा आउने केन्द्रीय सदस्यको मात्रै गणना गर्ने भएको हो।

एमाले ओली समुहले पठाएको पछिल्लो विवरण माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’सहितलाई समेटेर २६० संख्या पठाएको छ । उक्त विवरण तत्काल दलको किताबमा तत्काल अध्यावधिक गर्न आयोगलाई आग्रह गरिएको थियो ।

साउन ३२ गते संसद्को चालु अधिवेशन अन्त्य गरेपछि भदौ १ मा एमालेले पार्टी विभाजन गर्न अप्ठ्यारो सिर्जना गर्न केन्द्रीय सदस्यको नयाँ सूची निर्वाचन आयोगमा बुझाएको थियो। चलाखी गरेर विवरण पठाए पनि ओलीले दिएको पछिल्लो नामावली अनुसार होइन पुरानै नामावली अनुसार आयोगले सनाखत गर्ने भएपछि ओली समूह थप समस्यामा परेको छ।

निर्वाचन आयोगका एक अधिकारीला अनुसार आयोगले नयाँ विवरण नचिन्ने भन्दै पुरानै केन्द्रीय सदस्यको आधारमा सनाखत गर्ने तयारी गरेको बताएका छन् । नेता नेपाललाई पार्टी विभाजन गर्न असहज पार्नेगरी दिएइको उक्त विवरण आयोगले नचिन्ने भएपछि ओली समूह थप दबाबमा परेको छ।