घनश्यामले भने: अब एमालेमा ठूलो विद्रोह हुँदैछ, ओलीसँग कोही बस्दैनन् - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

घनश्यामले भने: अब एमालेमा ठूलो विद्रोह हुँदैछ, ओलीसँग कोही बस्दैनन्



काठमाडौं- नेकपा एमालेका उपमहासचिव समेत रहेका घनश्याम भुसालले एमालेमा ठुलो विद्रोहको संकेत गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओली अझै नसुध्रिए एमालेमा ठुलो विद्रोह हुने बताएका छन् ।

उनले आफूहरुले भनेको नमानेको खण्डमा ओली समुहमा अहिलेसम्मकै ठुलो विद्रोह हुने बताए । एक अनलाइनसँगको कुराकानीमा भुसालले ओलीले अब आफूहरूले भनेको सबै मान्नुपर्ने बताए ।

वरिष्ठ नेता माधव नेपालले एमाले विभाजन गरेर नया दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिँदा नेपालको साथ छाडेर मध्यमार्गी लाइनमा बसेका भुसालले आ कुनैपनि हालतमा ओली सहमतिमा आउनुपर्ने बताए ।

नेता भुसालले १४ जना सांसदहरूलाई गरिएको कारबाही फिर्ता र १० बुँदे सहमति कार्यान्वयन नगरे ओलीसँग कोही पनि नेता नरहने चेतावनी समेत दिए । उनले भनेका छन् , ‘ओलीले १० बुँदे सहमति कार्यन्वयन गर्न मानेनन् भने झन् ठुलो विद्रोह हुन्छ, यो लागू नगरे ओलीसँग को मान्छे रहन्छ ?’

पार्टी विभाजन भैसक्दा पनि एकता जोगाउने भन्दै दुबैतर्फ मिलाउने प्रक्रियामा लागेका ५७ नेताहरूले दश बुँदे सहमति कार्यान्वयन र कारबाही फिर्ता गर्न दिएको अल्टिमेटमलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरिदकेका छन् । उनीहरूले दिएको अल्टिमेटमलाई ओली समूहले बार्गेनिङको संज्ञा दिएको छ।

एमाले नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुसाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्यलगायत ५७ जना केन्द्रीय कमिटी सदस्यले आसार २७ गते गरिएको दश बुँदे सहमति कार्यान्वयन र कारबाही फिर्ता गर्न अध्यक्ष ओलीलाई ४ दिनको अल्टिमेटम दिएका थिए ।

आउँदो बुधवारसम्म ओलीले दश बुँदे सहमति कार्यान्वयन नगरे उनीहरू आफ्नो दल रोज्न स्वतन्त्र हुनेछन् । यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दल दर्ता गर्न निवेदन दिइसकेका छन् । निवेदनमा साविक एमालेका तर्फबाट ५८ केन्द्रीय सदस्य छन् ।