आयोगले भन्यो: एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) दर्ता हुँदैन, नयाँ नाम ल्याउनु - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

आयोगले भन्यो: एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) दर्ता हुँदैन, नयाँ नाम ल्याउनु



काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टी लोकतान्त्रिक दर्ता गर्न नमिल्ने बताएको छ । एमालेबाट विभाजित एमाले समाजवादी र जनता समाजवादी पार्टीबाट विभाजित जसपा लोकतान्त्रिक त्यही नाममा निर्वाचन आयोगमा दर्ता नहुने आयोगले जनाएको छ ।

आयोगले यी नाम पुराना पार्टीसंग मिल्ने भन्दै प्रस्तावित माधवकुमार महन्थ ठाकुरलाई अर्को नाम लिएर आयोगमा आउन आग्रह गरेको छ। आयोग स्रोतका अनुसार एमाले तर जसपा जोडिएकाले सर्वोच्च अदालतको पछिल्लो फैसला अनुसार ति नामहरू दिन नमिल्ने भएको हो।

आयोगमा गत बुधवार दल दर्ताका लागि दिएको निवेदन यथावत रहे पनि संशोधित नियमावली अनुसार अनुसूची भर्नका लागि अनुसूची फारम आज दुवै पक्षलाई उपलब्ध गराइने स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतले फागुन २३ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर एमाले, माओवादी ब्युँताउदा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसंग मिल्ने भएमा त्यस्तो दल दर्ता हुन नसक्ने बताएको थियो।

आयोग स्रोतका अनुसारनेकपा एमाले (समाजवादी) को साटो अर्को नाम लिएर आउन राजेन्द्र पाण्डेलाई सूचित गरिसकिएको छ । त्यस्तै जसपाका नेताहरुलाई पनि अर्को नाम ल्याउन भनिएको छ ।

अब दुवै पार्टीका नेताहरूले नयाँ नाम दिएपछि दल दर्ताको प्रक्रिया अगाडी बढ्ने छ ।