प्रदेश सभाको बैठकमा सत्तापक्षका सिट खाली - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

प्रदेश सभाको बैठकमा सत्तापक्षका सिट खाली



काठमाडौं- भर्खरै सुरू भएको लुम्बिनी प्रदेश सभाको बैठकमा सत्तापक्षले भाग लिएको छैन । बुधबार दिउँसो सुरू भएको बैठकमा सत्तापक्षका सिट खाली देखिएका छन् ।

बैठकमा सरकारका मन्त्रीहरु र सत्तापक्षका कोहि पनि उपस्थित छैनन्। अविश्वासको प्रस्ताव प्रस्तुत गर्न वीरेन्द्रकुमार कनौडिया रोस्ट्रममा पुगेका छन्।

आज यो गरिमामय सदनमा बडो विचित्रको अवस्था देखिरहेका छौं। आज सत्ता पक्षको बेञ्चमा न सरकारको उपस्थिति छ, न सत्तापक्षका कुनै माननीय सांसद्हरुको उपस्थिति छ। सायद संसदीय इतिहासमा यस किसिमको विचित्र अवस्था देखेको छैन’, उनले भने।

उनले मुख्यमन्त्री शंकर पोखरेलले केपी ओलीको बाटो समाएको बताए। यसैबीच, मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका छन्।