वामदेवको त्यो अनौठो प्रस्ताव जसले शोकसभा जस्तै बन्यो एमाले बैठक - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

वामदेवको त्यो अनौठो प्रस्ताव जसले शोकसभा जस्तै बन्यो एमाले बैठक



काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमले नयाँ प्रस्ताव गरेका छन् । उनले ल्याएको प्रस्तावले नेताहरू नै जिल्ला परेका थिए । बैठकमा प्राय नेताहरू ओलीको अगाडी बोल्ने सक्दैनन् तर गौतमले बैठकमा ओलीलाई नै इल्लिबिल्ली पार्नेगरी बोले ।

सोमबार बिहान ११ बजे सुरू भएको स्थायी समितिको बैठकमा पार्टीका अध्यक्ष केपी ओलीलाई व्यंग्य गर्दै गौतमले ओलीलाई सबै अधिकार दिनुपर्ने प्रस्ताव गरे । बैठकमा उठेका बिषय उनलाई पटक्कै चित्त नबुझेपछि आफ्ना प्रस्ताव र व्यंग्य सुनाएर उनी बैठकबाट बाहिरिए । बैठकबाट निस्किएका गौतमका अनुसार बैठकमा पटक्कै बस्न लायक छलफल हुन थालेपछि उनी बाहिरिएका थिए ।

स्थायी कमिटी बैठक लगत्तै केन्द्रीय कमिटिको बैठक बोलाइएको थियो । स्थायी कमिटि बैठकबाट बिचैमा बाहिरिएका गौतम केन्द्रीय कमिटीमा भने गएनन् । स्थायी कमिटी बैठकमा पेस भएको विधान संशोधन प्रस्तावमा गौतमले बोल्ने पालो आएपछि उनी एकोहोरो ओलीमाथि खनिए । त्यसक्रममा उनले एउटा अनौठो प्रस्ताव समेत गरे ।

उनले पार्टीका वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरूमाथि ओलीले गर्नेगरेका गालीगलौज र अभिव्यक्तिप्रतिलाई लक्षित गरी अध्यक्षले मनपरी गर्न पाउने अधिकार थप्न प्रस्ताव गरे । उनले यस्तो प्रस्ताव गर्दा ओली भने मुसुमुसु हाँसीरहे । उनले विधान संशोधन प्रस्तावमा अध्यक्षका विशेष अधिकारहरू भन्ने शीर्षक राखेर ओलीलाई मनपरी गर्न पाउने व्यवस्था गर्न आग्रह गरे ।

अध्यक्षका विशेष अधिकारहरू भन्ने शिर्षकको प्रस्तावमा गौतमले ‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ’ र ‘पार्टी अनुशासनात्मक कारबाही’ शीर्षकअन्तरगत पनि केही बुँदाहरु थप्नुपर्ने बताए । यस्तो शिर्षकमा कसलाई अपराधी भन्न सकिने, कतिलाई गद्दार भन्न सकिने र कतिलाई देशद्रोही पनि भन्न सकिने’ यो प्रस्ताव पनि राख्नुपर्ने भन्दै व्यंग्य गरे ।

यस्तो प्रस्तावपछि गौतमले अध्यक्षले नै गल्ती गर्दा कारवाही हुने कि नहुने भन्दै थप प्रश्न समेत गरेका थिए । उनले बोलिरहँदा बैठकमा बने नेताहरू स्तब्ध देखिएका थिए । उनले बोल्दै गर्दा ओलीले धेरै नबोल्न सांकेतिक आग्रह गरेका थिए भने नेताहरूले मुखामुख गरेका थिए ।

स्रोतका अनुसार गौतमले बोल्दै गर्दा बैठकमा सन्नाटा छाएको थियो । केहीबेर शोकसभा जस्तै भएको बैठकबाट गौतम बाहिरिएका थिए ।