प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक: यस्ता छन् एजेण्डा
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सरकार गठन गरेको एक महिना बित्दापनि मन्त्रीमण्डल विस्र्तार गर्न नसकेका देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
अहिले देउवा नेतृत्वको मन्त्रिमण्डलमा चार जना मात्रै मन्त्री छन् । सोमबार दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठक नियमित भएकाले कोरोना महामारी रोकथाम र सरकारका कामकारबाही मात्रै अहिले अजेण्डामा रहेको बताइएको छ ।
असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका देउवाले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । सरकारका न्यूनतम साझा कार्यक्रम आएपछि मन्त्रिमण्डल विस्तारको काम अघि बढ्ने नेताहरुले बताएका छन् ।
सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालयको भागबन्डा मिल्न नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको हो । आइतबार सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको थियो ।