सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिटै रिट - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिटै रिट



काठमाडौं- भूमि आयोग खारेजीविरुद्ध सर्वोच्च अदालतमा एकपछि अर्को रिट दर्ता बहेका छन् । सर्वोच्च अदालतका प्रवक्ताका अनुसार अहिलेसम्म ४ वटा रिट निवेदन दर्ता भएका छन् ।

भूमि आयोगका तत्कालिन अध्यक्ष देवी ज्ञवालीसहित चार जनाले सर्वोच्चमा रिट दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

ज्ञवाली बाहेक प्रवेश केसी, रोजन खड्का र एक बहादुर लुवागुनले रिट दर्ता गराएका छन् । रिटमा सुनुवाइका लागि सोमबार पेशी तोकिएको छ । निवेदकहरुले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गरेका छन् ।