पारस खड्काले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

पारस खड्काले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा



काठमाडौं- नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट यात्रा सुरु गरेका उनले मंगलबारदेखि त्यसलाई पूर्णविराम लगाएका हुन्।

मंगलबार बिहानै सामाजिक संजालमा सन्यास घोषणा गर्दै पारसले एउटा क्रिकेटरका रुपमा मन, वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेको पनि बताएका छन्।

‘मेरो जीवनमा मैले देखेको सपना भनेको नै क्रिकेटको उन्नति हो। तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ’, उनले भनेका छन्, ‘इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउने छौँ।’

यस्तो छ उनको घोषणा