बास्कोटालाई कांग्रेस महाधिवेशनको चिन्ता लागेपछि... - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

बास्कोटालाई कांग्रेस महाधिवेशनको चिन्ता लागेपछि…



काठमाडौं- नेकपा एमाले ओली समूहका नेता गोकुल बाँस्कोटालाई सत्ताधारी नेपाली कांग्रेस को महाधिवेशन समयमा हुन्न कि भन्ने चिन्ताले सताउन थालेको छ।

आफ्नै पार्टीमा भयङ्कर समस्या आउँदा पनि बास्कोटाले कांग्रेसको महाधिवेसन समयमा हुन्न को भन्दै चिन्ता ब्यक्त गरेका छन् । कांग्रेसको महाधिवेशन नगरी शुन्य समयको खोजी गरिरहेको भन्दै बास्कोटाले सामाजिक संजालमा व्यंग्य समेत गरेका छन् ।

उनले कांग्रेस मौका पाए डेढ वर्ष महाधिवेशन सार्ने बताएका छन् । आगामी भदौ १९ भित्र १४औं महाधिवशेन गरिसक्ने भनिए पनि कांग्रेसले यसअनुरूप प्रक्रिया अझै अगाडि बढाउन सकेको छैन। छलफल जारी छ।

‘मैले त पहिल्यै भन्या छु– कांग्रेस शून्य समयको प्रबन्ध मिलाउन खोज्दै छ। मौका पाए डेढ वर्ष महाधिवेशन सार्छ नपाए अब वडा तहको गर्छ,’ बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर पालिका र जिल्ला तहको अधिवेशन नगरी कार्तिकतिर सीधै महाधिवेशन गर्छ। देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ। निरंकुश कसले भन्दोरहेछ, हामी पनि हेरौं त!’