नेम्वाङमाथि गजुरेलको काउन्टर: अनुशासन नमान्नेले ठूला कुरा गर्ने ? - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

नेम्वाङमाथि गजुरेलको काउन्टर: अनुशासन नमान्नेले ठूला कुरा गर्ने ?



काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले नेकपा एमालेले आफूले अनुशासन नमान्ने तर अरुलाई अनुशासनको पाठ सिकाउन खोजेको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै गजुरेलले पार्टीले बनाएको प्रधानमन्त्री मनलाग्दी ढंगले चल्ने अनि अरुलाई अनुशासनको पाठ सिकाउन खोजेको टिप्पणी गरे।

नेकपाबाट प्रधानमन्त्री भएका केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा पार्टीभित्र कति छलफल गर्नुभयो? दलमा छलफल नगरी संसद विघटन विघटन गर्नु अनुशासन त्यहि हो ? गजुरेलले नेम्वाङप्रति लक्षित गर्दै भने, ‘आफू अनुशासन नमान्ने अनि ठूला कुरा गरेर हुन्छ ? नेपाली जनता बेवकुफ छन्?’

संसद बैठकको सुरुमै बोलेका नेम्वाङले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री चयन हुँदा कांग्रेस र माओवादीले दलीय निर्णय गरेको र विश्वासको मत लिँदा ह्वीप लगाएको भन्दै ‘आफ्नो दलमा अनुशासन चाहिने अरुकोमा नचाहिने हो ?’ भन्दै प्रश्न गरेका थिए।

गजुरेलले संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङको संविधान बनाउन महत्वपूर्ण भूमिका रहेको तर त्यसको रक्षा नगरको टिप्पणी गरे।