एमाले सहमतिमा हस्ताक्षरको तयारी, स्थायी कमिटी बैठक पनि आजै बस्ने - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

एमाले सहमतिमा हस्ताक्षरको तयारी, स्थायी कमिटी बैठक पनि आजै बस्ने



काठमाडौं- फुटनजिक पुगेको नेकपा एमालेको विवाद समाधान गर्न गर्न गठित १० सदस्यीय वार्ता कार्यदलको बैठक अहिले केहीबेरमा बस्दैछ । शनिबार बसेको बैठकले सबै बिषयमा सहमति गरेको र केहि प्राविधिक काम मात्रै बाँकी रहेकाले आज बिहानै एकता घोषणा गर्ने कार्यक्रम रहेको नेताहरूले दाबी गरेका छन्

एमाले नेता तथा कार्यदल ओली समुहका संयोजक सुवास नेम्वाङले सहमति भइसकेको र हस्ताक्षर गर्न जान लागेको बताएका छन् । उनले अहिले केहीबेरमा दुवै पक्षले हस्ताक्षर गरेर आजै स्थायी कमिटीको बैठक डाक्ने तयारी भएको छ ।

आज नै कार्यदलमा भएको सहमति पार्टीका शीर्ष नेतालाई बुझाइनेछ । आजको बैठक अघि नै कार्यदलले तयार पारेको ९ बुँदे मस्यौदामाथि सामान्य छलफलपछि कार्यदलका सबै सदस्यले हस्ताक्षर गरेर स्थायी कमिटी कमिटीमा पेश गर्ने समझदारी भएको छ ।

एमाले एकताको सहमति मस्यौदालाई स्थायी कमिटीले अनुमोदन गरेसँगै एमालेभित्रको विवाद अब आन्तरिक विषय बन्नेछ । सर्वोच्च अदालतको फैसलाअघि नै एमाले एक भएको सन्देश दिन आजै सहमतिलाई स्थायी कमिटीबाट अनुमोदन गर्न लागिएको हो ।

एमालेलाई २०७५ जेठ २ अघिको संरचनाबाट अघि बढाउने र यसबीचमा बनेका समानान्तर कमिटीहरुको व्यवस्थापनका लागि कार्यदललाई सशक्त बनाउने सहमति बनेको बताइएको छ ।

सर्वोच्च अदालतको सम्भावित फैसलाबारे केही बोल्न आवश्यक नरहेको भन्दै ती सदस्यले एमाले एक ठाउँमा छ भन्ने सन्देश दिनासाथ विपक्षी गठबन्धनमा एमालेको माधव नेपाल पक्ष नरहेको स्पष्ट हुने बताए ।