माधव नेपालको प्रस्ताव ओलीले सुन्नै चाहेनन्, बिचमै उठे नेपाल - Himal Post Himal Post
  • १६ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 28 2025
Logo

माधव नेपालको प्रस्ताव ओलीले सुन्नै चाहेनन्, बिचमै उठे नेपाल



काठमाडौं- एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेट सोंचेजस्तो बन्न सकेन । कार्यदल बैठकले बनाएको समहतीभन्दा आह्रा गैर दुई नेताहरूले आफ्ना अडान राखेपछि भेट सौहार्द बन्न नसकेको बताइएको छ ।

काठमाडौंको होटल मेरियटमा बुधबार साँझ भएको भेटमा कार्यदलका सदस्यले छलफल गरेको र सहमतिका लागि बनाएको बिषयबस्तु भन्दा बाहिरको कुरा प्रवेश गरेको थियो । नेता नेपालले राखेका केहि सर्त ओलीले सिधै अस्विकार गरेको समेत बताइएको छ ।

भेटमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेता नेपाललाई निसर्त सहयोग गर्नुपर्ने बताएका थिए । उनले पार्टी अप्ठ्यारोमा परेकाले अहिले आफूलाई कुनैपनि सर्त नराखी सहयोग गर्नुपर्ने बताएका थिए । ओलीले नेपाल समुहलाई पटक पटक आफूलाई सहयोग गर्नुहोस भन्दै आग्रह गरेका थिए । त्यतिमात्र होइन ओलीले अहिले कुनैपनि सर्त राख्ने र सर्त मान्नुपर्ने बेला नभएको बताएका थिए ।

नेपाल समुहका एक नेताका अनुसार अध्यक्ष ओलीले सर्वोच्च अदालतको सम्भावित फैसला आंकलन गरेर आफू बलियो बन्न मात्र खोजेको देखिएको बताए । नेता नेपालसँग ओलीले बारम्बार आफूलाई सहयोग गर्न आग्रह मात्रै गरेका थिए ।

उनले भने, ‘ओलीजी कार्यदलले बनाएको सहमति भन्दापनि आफ्नो फाइदाका लागि मात्रै एकता चाहेको जस्तो देखियो । बुधबारको बैठकअनुसार उहाँले अदालतको सम्भावित कदमलाई देखेर आफ्नो दुनो सोझ्याउन खोजेको जस्तो मात्रै देखिएको छ । लगातार हने बैठकमा के हुन्छ हेरौँ।’

त्यसो त नेता नेपालले पनि आफ्ना सर्त छाडेनन् उनले बैठकमा पावर बाँड्नेदेखि असंवैधानिक कदम सच्चाउन आग्रह गरे । नेता नेपालले आफ्ना केहि नेताहरूलाई गरेको ब्रिफिङ अनुसार आफोहरू बिचैमा उठेर हिंडेको बताएका छन् । नेपाल समुहका एक नेताले ओलीले पटकपटक एकै कुरा दोहर्याएपछि नेपाल समूह उठेर हिंडेको बताए ।

माधव नेपालका कतिपय प्रस्तावमा ओलीले चासै दिएनन् । उनले सबै बिषय पार्टी एक भएपछि गर्न सकिने बताएका थिए । ओलीले हरेक बिषयमा अहिले मलाई सहयोग गर्नुस्, बाँकी विषयमा पार्टी एक भएपछि फेरि छलफल गरौँला भन्दै टारेको स्रोत बताउँछ ।