माओवादीले कारबाही गरेका दुई मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

माओवादीले कारबाही गरेका दुई मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश



काठमाडौं- निर्वाचन आयोगले पदमुक्त गरेका रौतहटका दुईजना मेयरलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेको छ । निर्वाचन आयोगलाई विपक्षी बनाइ मेयर रिनाकुमारी साह र शियाराम कुश्वाह अन्तरिम आदेशको माग गर्दै अदालत पुगेका थिए ।

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न नगराउन आदालतले अन्तरिम आदेश दिएको हो ।

अदालतको आदेशमा उनीहरुले राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको, अर्को दल गठन गरेको अवस्था नदेखिएको भन्दै कामलाई निरन्तरता दिनू भनेको छ । निर्वाचित जनप्रनिधिलाई निर्वाचन आयोग, माओवादी केन्द्रको पत्रचार तथा कार्वाही रिट निवेदनको अन्तिम टुगो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउन आदेश भएको हो ।

न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले मंगलबार मेयर साह र कुश्वाहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै मेयर पदमा पुनर्वहाली गरिदिएको हो ।

अदालतको आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुख भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तह सम्बन्धी काम कार्वाही एवम् अधिकारमा अपुरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न नगराउन समेत भनिएको छ ।

नेकपा माओवादी केन्द्रले मेयर साह र कुशवाहसहित १४ जना स्थानीय तहका जनप्रतिनिधिले दल त्याग गरेको भन्दै पदमुक्त गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको थियो । सो पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना जारी गरेको थियो ।