बालुवाटारमा डाकेको बैठक माधव नेपाल समुहले बहिस्कार गर्ने
काठमाडौँ- नेकपा एमालेको १६ असारमा बोलाइएको महाधिवेशन आयोजक कमिटिको बैठकमा एमालेको माधव कुमार नेपाल समूहले बहिस्कार गर्ने भएको छ । आइतबार बिहान बालुवाटारमा बसेकोस्थायी कमिटि बैठकले १६ गते बैठक बोलाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आइतबारको बैठकले सार्वोच्च अदालतले अवैध भनेको महाधिवेशन आयोजक कमिटिकै बैठक बोलाउने निर्णय भएको थियो । तर नेपाल समूह भने एकातर सर्वोच्चल अवैध ठानेको र अर्कातिर जेठ २ को अडानमा फर्कन ओली पक्ष नचाहेको भन्दै सो बैठकमा सहभागि नहुने बताएको छ ।
आन्दोलनमा रहेको माधव नेपाल समुहकी नेतृ तथा वाग्मती प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्यले आयोजक कमिटीलाई सर्वोच्चले नै मान्यता नदिएको अवस्थामा त्यस्तो कमिटीको बैठक बोलाउनुको औचित्य नरहेको भन्दै सो बैठकमा नजाने आएकी छन् ।
उनले आयोजक कमिटीको वैधानिकतामाथि प्रश्न उठिरहेका बेला सोही कमिटीको बैठक बोलाउनु भनेको बालुवाटारले एमाले एकता चाहन्न भन्ने थप प्रस्ट भएको बताइन । उनले ओली अझैपनि एकलौटी र मनपरी गरिरहेकोले पनि त्यो बैठकमा नजाने बताइन् । आफूहरूले जेठ २ गतेको अवस्थामा पार्टी बैठक बोलाउनुपर्छ भनेर भनिरहेका बेला यदि त्यो हिसाबको बैठक बोलाइयो भने त्यसमा सोच्न सकिन्छ होइन यसैगरी हिँड्न खोज्ने हो भने त कसरी हुन्छ र भन्दा प्रश्न गरिन् ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एकतालाई मान्यता नदिएपछि एमाले र माओवादी एकताअघिको अवस्थामा फर्काइदिएको थियो । त्यसपछि प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफुपक्षीय केही नेताहरुलाई राखेर एमाले केन्द्रीय समिति बैठकका नाममा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी विघटन गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी घोषणा गर्नुका साथै नेताहरुको जिम्मेवारी समेत खोसेका थिए ।