युरोकप: वेल्सले निकाल्यो टर्कीमाथि सहज जीत - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

युरोकप: वेल्सले निकाल्यो टर्कीमाथि सहज जीत



काठमाडौं- युरोपका विभिन्न सहरमा जारी युरोकप फुटबलअन्तर्गत गएराति भएको समूह ए को खेलमा वेल्स विजयी भएको छ । वेल्सले टर्कीलाई २-० गोलअन्तरले हराएको हो ।

वेल्सको जीतमा आरोन राम्से र कोनर रोबर्ट्सले १-१ गोल गरेका थिए । दुवै हाफमा एक-एक गोल भएका थिए ।

खेलको ४२औं मिनेटमा कप्तान ग्यारेथ बेलको पासमा राम्सेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा बेलकै पासमा रोबर्ट्सले गोल गर्दै टोलीको २-० को जीत सुनिश्चित गरे ।

जीतसँगै २ खेलबाट ४ अंक जोडेको वेल्स अंकतालिकाको दोस्रो स्थानमा रहेको छ भने टर्कीले २ खेलमा कुनैपनि अंक जोड्न सकेको छैन ।