उद्धारमा जुट्न कांग्रेस सभापति देउवाको निर्देशन
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा परेकाहरूको उद्दारका लागि कार्यकर्ता तथा पार्टी पंतिलाई निर्देशन दिएका छन्। यस्तै उनले आवस्यक राहत र सुरक्षित स्थानान्तरणका लागि सरकारलाई आग्रह समेत गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले मनसुनी वर्षाका कारण देशका विभिन्न क्षति पुगेको अवस्थामा तत्काल आ-आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन कार्यकर्ता तथा पार्टी पंतिलाई निर्देशन दिएका हुन् ।
बुद्गबार विहान सामाजिक संजालमा लेख्दै उनले भनेका छन्, ‘केहि दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा क्षति हुन थालेको छ । कठिन अवस्थामा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुलाई तत्काल आ-आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन निर्देशन गर्दछु ।’
देउवाले विपदमा परेका जनतालाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा सार्न र उनीहरुलाई आवश्यक राहत प्याकेजको घोषणा गर्न सरकारसँग मागसमेत गरेका छन् ।